पद्मरत्न तुलाधरकाे अन्त्येष्टि आज गरिँदै, पूर्व राजाले दिए यस्तो शोक सन्देश

कात्तिक १९, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व मन्त्री एवम् मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनमा उनकाे आत्माको चीर शान्तिको कामनासँगै परिवारजनमा गहिराे संवेदना प्रकट गरेका छन् । 

पूर्व राजा ज्ञानेन्द्रले सोमबार एक सन्देश जारी गर्दै तुलाधरको निधनमा शोक व्यक्त गरेका हुन् । 

नेता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको थियो । उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न परिवारले माग गरेको छ। 

null

उनको सोमबार दिउँसो काठमाडौँका विभिन्न स्थानमा शवयात्रा गर्दै शोभा भगवतीमा अन्त्यष्टि गरिने परिवारजनले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *