सकारात्मक परिवर्तनका लागि कैदीबन्दीलाई ध्यान शिविर
मकालु खबर
२०७६ पुस २० गते
पुष २०, इलाम । इलामको रोङ गउँपालिका ३ मा रहेको ओशो डिभाई डोर्सले जिल्ला कारागार इलाममा कैदीबन्दीहरुका लागि ध्यान शिविर सञ्चालन गरेको छ । पुष १६ गतेबाट सञ्चालन गरिएको सात दिने ध्यान सिविरमा करिव ५ सय कैदिबन्दी सहभागी छन् ।
मानसिक तनाव र परिवारबाट टाढा भएर तनावमा परेका कैदीहरुको जीवनमा ध्यानले सकारात्मक परिवर्तन ल्याउने ओशो डिभाई डोर्सका सञ्चालक स्वामी प्रेम विकासले बताए । बिहान साँढे ६ बजेबाट दैनिक तीन घण्टा शिविर सञ्चालन हुँदै आएको छ ।
शिविरमा स्वामी प्रेम विकासले प्रशिक्षण दिरहेका छन् ।
मकालु खबर
२०७६ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित