होसियार, पकेटमारले तपाईलाई पनि निशानामा पार्न सक्छन् !
चैत ५, काठमाडौं । बसमा चढेर यात्रा गर्नेक्रममा पाकेटमारी फरार रहेका पाकेटमार पक्राउ परेका छन् । बसमा सवार यात्रुको पाकेटमारी भएको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले केही घण्टामै पकेटमार पक्राउ गर्न सफल भएको हो ।
पकेटमारले धादिङको गजुरी ६ का रमेश तामाङको गोजीमा भएको पैसा निकाली भागेका थिए । तर त्यसको केही घण्टामै अनुसन्धान सुरू गरि पाकेटमार पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम कुवँरले बताए ।
डिएसपी कुवँरका अनुसार पाकेटमारले तामाङको गोजीबाट ५० हजार लुटेर भागेको लुटेर भागेका थिए । सूचना प्राप्त गरेसंगै परिचालित भएको प्रहरीले पकेटमार नियन्त्रणमा लिन सफल भएको हो । कालीमाटी बृत्तका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका २ घर भई कंलकी बस्ने बर्ष १९ को हिरा हाँयु छन् ।
null
प्रहरीले सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहन पनि आग्रह गरेको छ । पकेटमारले जो कोहिलाई पनि निशानामा पारी नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ ।