सलमान खानविरुद्ध पत्रकारले हाले मुद्दा, यस्तो छ आरोप
असार ११, नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानविरुद्ध मुद्दा दर्ता भएको छ ।
पत्रकार अशोक पाण्डेले अभिनेता खानविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
null
एएनआईले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । प्राप्त जानकारी अनुसार खानविरुद्ध कुटपिट, लुटपाट, हिंसा र धम्कीको आरोप छ ।
अशोक पाण्डेले सलमान खानले साइकल चलाइरहेको देखेपछि भिडियो बनाउने कोशिस गर्दा सलमान रिसाएपछि उनका बडीगार्डले आफूलाई पिटेको दाबी गरेका छन् । १२ जुलाईमा मुद्दाको सुनुवाई हुनेछ ।
घटना अप्रिल २४ तारिख बिहानको हो । जब सलमान खान साइकल चलाइरहेका थिए र उनका दुई अंग रक्षक उनीसँगै थिए । म कारमा यात्रा गरिरहेको थिएँ ।
अभिनेतालाई देखेपछि उनको भिडियो बनाउन उनका अंगरक्षकसँग सहमती लिएँ । सलमान खान त्यसपछि रिसाए । जसका कारण उनका बडिगार्डले मलाई कुटपिट गरे । मेरो मोबाइल पनि खोसियो । पुलिसले उजुरी लेख्न नमानेका कारण न्यायका लागि अदालत नै जानुपर्यो ।