७६ हजारको रेकर्ड तोड्दैँ सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो

पुस २३, काठमाडौँ । बुधबार सुनको भाउ आकाशिएको छ । आईतबार प्रतितोला ७५ हजार  ५ सय रुपैयाँ भएर नयाँ रेकर्ड कायम गरेको सुन बुधबार सम्म आईपुग्दा ताेलामा एक हजार रूपैयाँ बृद्धी भई नयाँ रेकर्ड कायम गरेको छ ।   

मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको छापावाल सुन आज तोलामा एक हजार रुपैयाँ बृद्धी भई प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी मंगलबार प्रतितोला  ७५ हजार २ सय रुपैयाँले कारोबार भएको तेजाबी सुनमा पनि आज तोलामा एक हजार रुपैयाँ बृद्धी भई प्रतितोला ७६ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनको भाउ

महासंघका अनुसार बुधबार चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँ बृद्धी भई प्रतितोला  ९ सय   २० रुपैयाँले कारोबार भईरहेको  छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *