चुडामणी शर्माको घरमा ‘कालो ब्यानर !’

काठमाडौँ, माघ २३ । भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले कालो ब्यानर झुण्ड्याएका छन् ।

मंगलबार उनीहरुले शर्माको घरको गेटमा ‘भ्रष्टाचारी चुडामणी शर्माको सम्पत्ति राष्ट्रियकरण गर’ लेखिएको ब्यानर झुण्डाएका हुन् । यस्तै, नेकपाका कार्यकर्ताहरुले शर्माको घरमा ढुंगामुढा समेत गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलका वासिन्दा रहेका चुडामणिको घरमा विप्लवका कार्यकर्ताले ढुंगामुडा गर्दा घरको सिसाहरुमा क्षति पुगेको छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो ।

कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादीत मुद्दामा पक्राउ परेका शर्मा हाल धरौटीमा रिहा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *