जलवायु परिवर्तन सम्बन्धी युवा सम्मेलन बिराटनगरमा सुरु

पुस १२, बिराटनगर । जलवायु परिवर्तन सम्बन्धी छैठौं राष्ट्रिय युवा सम्मेलन बिहीबारबाट बिराटनगरमा सुरु भएको छ । जलवायुकालागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ । 

 

सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धी बिभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा क्लीन इनर्जी नेपाल, स्वच्छ उर्जा नेपाल,दिगो विकास,वाइपैड नेपाल र ग्रिन हुड नेपाल लगायत संस्थाका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क कोअर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिइन । 

null

उनले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसँग जुध्न युवाहरुको क्षमता अभिवृद्धि गरिने बताइन । सम्मेलन १४ गते विराटनगर घोषणापत्र जारी गर्दे सकिनेछ । जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाईने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *