‘भक्तपुरे राजा’ बिजुक्छेलाई वामपन्थि गठबन्धनको समर्थन
”
कार्तिक १३, काठमाडौं । एमाले–माओवादी गठबन्धनले भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष लाई समर्थन गर्ने भएका छन् । भक्तपुरको एउटा क्षेत्र बिजुक्छेलाई दिएर अर्काे क्षेत्र आफुहरुले लिने गरि तालमेल गर्न एमाले–माओवादी गठबन्धनले प्रयास गरेपनि असफल भएपछि उनीहरुले बिजुक्छेलाई समर्थन गरेका हुन् ।
नेमकिपासँग तालमेलको प्रयास नेपाली कांग्रेसले पनि गरेको थियो । तर, बिजुक्छेले वामपन्थि र लोकतान्कि दुबै गठबन्धनलाई ‘अवसरबादी’को संज्ञा दिएर गठबन्धन बनाउन अस्विकार गरेका थिए ।
नेमकिपाको वर्चश्व रहँदै आएको भक्तपुरमा २०४८ देखिका सबै निर्वाचनमा बिजुक्छे भारी मतअन्तरले निर्वाचित भएका छन् ।
२ क्षेत्र रहँदै आएको भक्तपुरमा भक्तपुरको क्षेत्र नं १ मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका पर्दछन् । यो क्षेत्रमा मजदूर किसान पार्टीलाई उछिन्न तीन ठूला पार्टीकै मत जोड्नुपर्ने हुन्छ ।
यो क्षेत्रको रहेको भक्तपुर नगरपालिकाका क्लिनस्वीप गरेको र चाँगुनारायणको एक वडा जितेको नेपाल मजदुर किसान पार्टीको पक्षमा २९ हजार २०२ मत प्राप्त गरेको छ । त्यस्तै, चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयरसहित ४ वडा जितेको एमालेले १३ हजार एक मत, कांग्रेसले पनि चाँगुनारायण नगरपालिकाका ४ वडा जित्दै १४ हजार ३३७ मत ल्याएको छ ।
त्यस्तै कुनै वडा जित्न नसकेको माओवादी केन्द्रले यो क्षेत्रमा ३ हजार ८४७ मत ल्याएको छ । त्यस्तै कांग्रेससँग तालमेल गरेको राप्रपाको पक्षमा ४ हजार ३६४ मत रहेको छ ।
“