मध्यरातमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
मकालु खबर
२०७६ मंसिर २३ गते
मंसिर २३, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।
गाउँपालिका अध्यक्ष निरौला सुतिरहेका बेला राति आगजनी गरेको बताइएको छ । आगो करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
मकालु खबर
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित