वाइडबडीको विषय ‘हट केक’ जस्तै भयोः मन्त्री अधिकारी

मंसिर १२, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अनियमितताको नाममा नेपाल वायुसेवा निगमलाई कमजोर पार्न नहुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपाल काठमाडौँमा आज आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

साक्षात्कारमा बोल्दै उनले वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए । 

null

वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको प्रष्ट्याए । निगम ऋणले डुकेको प्रसङ्गमा उनले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताए । 

वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको भन्दै मन्त्री अधिकारीले भने, “वाइडबडी सञ्चालननै भएको छैन भन्ने भ्रम छ, तर अहिले पनि सात घण्टा सञ्चालन भइरहेकै छ, तर यतिले पुग्दैन, १४ घण्टा चल्नुपर्छ, अन्य गन्तव्यका लागि प्रयास जारी छ ।” 

खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उनले अनियमितता भेटिए सरकारले कारवाही गर्र्ने उल्लेख गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *