आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

 काठमाडौं, कात्तिक १४ ।  रानीपोखरीको विजोग : कान्तिपुर 

राजधानीको मुटुमा अवस्थित ऐतिहासिक धरोहर रानीपोखरी लथालिंग छ ।  पानी सुकेर कुरुप मात्र छैन कि झार उम्रिएर चउरामा परिणत भएको छ । पोखरी वरिपरि निर्माण सामग्री असरल्ल छरिएका छन् । पोखरीबीचको मन्दिरको भग्नावशेष अलपत्र छ ।

राजधानीको सौन्दर्य रानीपोखरी उजाड छ थर पुननिर्माणको जिम्मेवारी पाएका सरकारी संयन्त्र झगडामा व्यस्त रहेपछि शिलान्यास भएको दुइ बर्ष पुग्न केही महिना बाँकी रहँदा पनि उल्लेखनिय काम हुन नसक्नु विडम्बना नै हो ।

निर्वाचन आयोगको सक्रियताः नागरिक

निर्वाचन आयोगले ढिलो गरी पुर्वसांसद्ले बाँडेका १० अर्ब रुपैयाँ का योजना रद्ध गर्नुलाई सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।

लोकतन्त्र परिपक्व हुन यसभित्रका संस्थाहरुले आफुलार्य सशक्त बनाउन सक्नुपर्छ ।

आयोगले यस किसिमको गतिविधि थाहा पाउनसाथ निर्ण गर्न सकेको भए अझ धेरै ठुलो रकम जथाभावी खर्च हुनबाट जोगिन र अन्य बयक्ति प्रतिस्पर्धात्मक क्षमताको रक्षा पनि हुन सक्थ्यो ।

तैपनि अयोगले थोरै भए पनि आँट गरेर भविष्यका निम्ति पनि एउटा उदाहरण प्रस्तुत गरेका छ ।

तालिमका उपलब्धिः अन्नपुर्ण 

सरकारले हरेक वर्ष तालिमको नाममा अर्बौं खर्च गर्दै आएको छ । सरकारी तहबाट सञ्चालन भएका तालिम औपचारिकतामा मात्र सीमित हुँदै गएको देखिन्छ । जसले गर्दा तालिमका नाममा भएको खर्चको औचित्य पुष्टि हुन सकेको छैन ।

चालू अर्थिक वर्षमा तालिममा मात्र ७ अर्ब रुपैयाँ छुट्याएको छ । गत वर्ष छ अर्ब खर्च भएको थियो । वार्षिक अरबौंको तालिम दिइँदा पनि विदेशी श्रम बजारमा जाने नेपाली भने आजका दिनमा प्रायः अदक्ष र अर्धदक्ष छन्, जुन आफैंमा विडम्बनापूर्ण हो ।

नेपालमा उद्योगधन्दा कम भएकाले सोही कारण दैनिक हजार हाराहारीमा युवा विदेशमा रोजगारीका लागि जाने गरेको सन्दर्भमा यस्ता तालिमले वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गर्नुपर्ने हो । त्यसो हुँदा नेपाली कामदारको विदेशी रोजगारी दिगो त हुने नै थियो, उनीहरूको आम्दानीसमेत बढ्ने थियो । अन्ततः त्यसले राज्यलाई फाइदा पुग्ने थियो ।

अहिलेसम्म यस्ता तालिम सर्वसाधारणका लागि लक्षित छन् । सर्वसाधारणले तालिम लिएर आम्दानी बढाएका केही उदाहरण छन्, तर तालिमपछिका त्यस्ता उद्यम प्रायः गुजारामुखी मात्रै देखिएका छन् ।

उपेक्षाको शिकार पुस्तकालयः गोरखापत्र 

शिक्षा समाज र राष्ट्र विकासको जग हो ।  शिक्षित नाागरिकले मुलुकको विकासमा उल्लेख्य योगदान दिन सक्छन् ।  नागरिकलाई शिक्षित बनाउन पुस्तकालयको भूमिका महŒवपूर्ण हुन्छ ।

औपचारिक वा अनौपचारिक ढङ्गले परम्परागत तथा मौलिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र विकास गर्ने एक सशक्त माध्यम पुस्तकालय हो ।  त्यसैले पुस्तकालयलाई जनताको विश्वविद्यालय पनि भनिन्छ ।  सूचनामाथिको पहुँच नागरिकको अधिकार हो भने यस अधिकारलाई पुस्तकालय मार्फत सुनिश्चित गर्न सकिएमा व्यक्ति, समाज र राष्ट्रको गरिमा बढ्छ ।

यसो भए पनि सरकार, निजी तथा गैरसरकारी क्षेत्रको ध्यान पुस्तकालयको विकास र सुदृढीकरणमा जान सकेको छैन ।  पुस्तकालय सबै क्षेत्रको उपेक्षाको शिकार बनेको छ ।

नेपालमा पुस्तकालयको दुई सय वर्षको गौरवमय इतिहास रहेको मानिन्छ ।  वि.सं. १९६९ भदौ १५ गतेका दिन पहिलोपटक तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहबाट ‘पुस्तक चिताई तहविल’ स्थापना गर्न लालमोहर जारी भएको दिनको सम्झना र पुस्तकालयमा सबैको ध्यान आकृष्ट गर्न २०६५ देखि भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *