बलात्कारको अभियोगमा चौधरी पक्राउ

माघ १, कैलाली । किशोरी बलात्कार गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।   

ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *