कामना सेवा विकास बैंकको १२१औं र १२२औं शाखा प्रदेश नं १ मा
फागुन २८ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १२१ औँ र १२२ औँ शाखा प्रदेश नं. १ मा विस्तार गरेको छ । प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरmवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो शाखा कार्यालयहरु स्थापना गरी कारोबार सुरु गरेको हो ।
इनरmवा शाखाको समुद्घाटन इनरmवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक श्री चतुराखर अधिकारीले संयुतm रुपमा गरेका थिए ।
इस्तै, इटाभट्टा शाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
काठमाडौँको, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटीएममार्फत सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिं, मोबाइल बैंकिंग,सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।