एन आई सी एशिया बैंकको नयाँ शाखा धनुषामा उद्घाटन

 

जेठ ५, काठमाडाैँ।  एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । 

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउतबाट आज  भव्य समारोहका बीच समुद्घाटन सु–सम्पन्न भएकाे हाे । 

null

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *