विवाहपछि ३ घण्टा मात्रै सुत्न पाउँछन् रणवीर !
पुस २०, मुम्बई । बलिउड अभिनेता रणवीर सिंह विवाहपछि समय व्यवस्थापन गर्न थालेका छन् ।
भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले दीपिका पादुकोणसँग समय व्यवस्थापन गर्न सिकिरहेको बताए ।
null
‘दीपिकाको टाइम म्यानेजमेन्ट कमालको छ । दिपिका सधैँ मलाई समयको पालना गर्न प्रोत्साहित गर्छिन् । म दीपिकासँग धेरै कुरा सिक्दै छु’, रणवीरले भने ।
रणवीर पछिल्लो समय निकै व्यस्त छन् । आम दर्शकले रुचाएका अभिनेता हुन् उनी । रणवीरको स्वदेश तथा विदेशमा उत्तिकै फ्यान छन् । ‘पछिल्लो तीन महिनामा मेरो काम निकै बढेको छ । मलाई ३ घण्टा भन्दा ज्यादा सुत्ने अवसर नै मिल्दैन । म यसको आधा पनि थिइनँ तर भगवानको कृपाले काम धेरै छ । त्यसैले मैंले काम र निजी जीवनमा सन्तुलन कायम गर्नुपर्छ ।’, रणवीरले भनेका छन् ।
दीपिका र रणवीरको हालै इटालीमा विवाह भएको थियो । रणवीर सिंह यस भ्यालेन्टाइन डे मा जोया अख्तरको फिल्म् गल्ली बायमा देखिने छन् ।