सेती अस्पतालको प्रसुती सेवा निजीमा सार्ने निर्णय स्थगित
मकालु खबर
२०७७ वैशाख ५ गते
बैशाख ५, धनगढी । सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा निजी अस्पतालमा सार्ने निर्णय तीन दिन नपुग्दै स्थगित गरिएको छ । अस्पतालले आज सुचना जारी गर्दै प्रसुती सेवा आजैदेखि पुनः सुरु गरिएको जनाएको हो ।
कोरोना संक्रमितको उपचार हुने स्थानलाई प्रसुती सेवा सेवा सञ्चालन हुने भवनबाट छुट्याइएको र बाटो पनि फरक बनाएर सेवा पुनः सुचारु गरिएको सुचनामा उल्लेख छ । साथै अस्पतालमा सुरक्षाका लागि सम्पूर्ण उपायहरु पनि अपनाइएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेपछि अस्पतालले मंगलबार मात्रै आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नजजीवन अस्पतालमार्फत प्रसुती प्रदान गरिने सूचना जारी गरेको थियो । अस्पतालको प्रसुती सेवालाई छुट्याएर निजीमा सार्ने निर्णय विवादमा समेत परेको थियो ।
मकालु खबर
२०७७ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित