नगद सहित ८ जुवाडे पक्राउ

वैशाख १५, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले नगद सहित ८ जुवाडे पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– मुलपानी ९ वाट, तिवारीटोल स्थित प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

 

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरीले नगद १ लाख १६ हजार ८ सय १५ सहित उनीहरूलाइ पक्राउ गरेको महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले बताएका छन् । 

null

डिएसपी चन्दका अनुसार जुवातास खेलिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-७ बस्ने दोलखा घर भएका शम्भु शेर्पा लगायत ८ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *