देशभर मनसुन सक्रिय, ५ दिन लगातार वर्षाको सम्भावना

काठमाडौं, २३ असार । अहिले देशको अधिकांश भागमा बदली र केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन नेपालमा सक्रिय रहेकोले अबका ५ दिन सम्म लगातार वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार जलवायुको न्युनचापिय रेखा अहिले उत्तरतिर सरेकोले सो रेखा आगामी ५ दिन सम्म उत्तरमै रहने अवस्था रहेको र त्यस अवधीमा वर्षा हुने बताएका छन् । 

 

उक्त न्युनचापिय रेखा ५ दिन भन्दा बढी समय सम्म पनि रहन सक्ने तर अहिलेको अवस्थामा भने ५ दिन रहने संकेत पाइएको जनाइएको छ । त्यसपछि सो न्यूनचापिय रेखा दक्षिणतिर सर्ने भएकोले नेपालमा भन्दा बढी भारततिर वर्षा हुने छ । त्यसपछिको अवधीमा नेपालतिर सुख्खा र भारततिर वर्षा हुने सम्भावना छ । मौसमविदका अनुसार आज देशका अधिकांश भागमा वर्षा भएको छ । 

null

पूर्वी तराईको भागमा मध्यम वर्षा भइरहेको र विशेषतः सप्तरी, सुनसरी, मोरङ, झापा आसपासको भूभागमा अहिले भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज केही स्थानमा भारी तथा अधिकांश स्थानमा सामान्य वर्षा हुने जनाइएको छ । आज रातिपनि अधिकांश भूभागमा बदली हुने र वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । भोलि मंगलबार र पर्सि बुधबारपनि देशैभरी बदली र वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *