स्मार्ट फोन  तातियो ? अब चिन्ता लिनु छोडिदिनुहोस्

मंसिर २८। आजभोलीको जमानामा स्मार्ट फोन नबोक्ने मान्छे कमै होला । युवा देखी बुढापाखा, बालबच्चा सबैको हात–हातमा हुन्छन् स्मार्ट फोन । मानौ स्माट फोन मान्छेको जिवनको एउटा हिस्सा नै भर्इसक्याे। कुनै–कुनै स्मार्ट फोन आँगो जस्तै तातिन्छ धेरै व्यक्तिहरु स्मार्ट फोन तातेर हैरान पनि भएका छन् अन्य फोनको तुलनामा स्मार्ट फोन धेरै कामका लागि प्रयोग हुने हुन्छ त्यही कारणले पनी यो बढी मात्रामा तातिने गर्छ । स्मार्ट फोन तातेमा यसरी समस्याको हल गर्नुहोस् 

  

ब्याट्रीको अवस्थास्मार्ट फोन प्रयोग गर्दा ब्याट्रीको बारेमा हामीले राम्रो ख्याल गर्नु आवश्यक हुन्छ । फोनमा रहेको ब्याट्रीमा लिथियम हुने गर्छ । ब्याट्रीको अवस्थालेपनि पुरै फोनको तापक्रम घटबढ गर्दछ । कतिपय अवस्थामा ब्याट्रीको शक्ति कम हुँदा हामीले पटक पटक चार्ज गर्ने गर्छौँ । यसरी लगातार ब्याट्री चार्ज गर्दा पनि फोन तातिने हुन्छ । 

null

फाेन अत्याधिक तातो वा चिसोमा नराख्ने हामीले प्रयोग गर्ने फोनको लागि तातो वा चिसो दुवै मौसम खतरा हुन्छ । अत्याधिक तातो हुन गएको खण्डमा मोबाईल फोनले त्यो सहँदैन । यस्तै, चिसोपनि मोबाइलले सहन सक्दैन, जस्को कारणले मोबाइलमा विभिन्न समस्या देखा पर्छन् । ती समस्या मध्येमा मोबाइल तात्नेपनि एक समस्या हो । 

फोनलाई भाइरस मुक्त राख्नेहामी फोनमा विभिन्न एपहरु राख्ने गछौ कहिले काही यही एपको कारणले पनि भाइरस बढाई दिई रहेको हुन्छ । कतिपय अवस्थामा नचाहिंदा एपलेपनि भाइरस बढाउने काम गर्दछ । यी कारणले पनि स्मार्ट फोन छिटो तात्ने हुन् त्यसैले अनावश्यक एपहरु नराख्ने र भाईरस रहित बनाउने । 

फोनलाई आराम गर्न दिनेहामीले जति चलाउँछौ, त्यती नै मात्रामा फोन तात्ने भएकाले तात्न लागेको संकेत पाउँने बित्तिकै फोन नचलाउने वा प्रयोग कम गर्ने । 

फोनमा लगाइने कभरफोनमा लगाईने कवरलेपनि फोनको तापक्रमसँग सम्बन्ध राख्छ । फोनमा लगाईने कभरमा ध्यान नदिंदा यसले फोन तताउन मद्दत गरिरहेको हुन्छ । फोन तातेको बेलामा कभर झिक्नु राम्रो हुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *