५८ वर्षीय गुरुङको नदीमा डुबेर मृत्यु
मकालु खबर
२०७६ वैशाख १३ गते
बैशाख ११, काठमाडौं । भरतपुर महानगरपालिका–६ का ५८ वर्षीय दिलबहादुर गुरुङको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
मेघौलीको वाइल्ड लाइफ रिसोर्टमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका गुरुङको बुधबार राप्ती नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
null
घाँस काट्न गएका उनी गर्मीले आत्तिएर खोलामा नुहाउने क्रममा ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनकाे प्रारम्भिक अनुमान छ ।
मृतक गुरुङ बुधबार साँझ मृत अवस्थामा नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकालु खबर
२०७६ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित