‘मेरो उम्मेद्वारी स्वस्थ समाज निर्मांणका लागि हो’–सुनिल कुमार शर्मा

काठमाडौँ, कात्तिक १६ । नेपाली कांग्रेस माेरङ  क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेद्वार डा. सुनिल कुमार शर्माले अाफ्नाे उम्मेद्वारी स्वस्थ समाज निर्माणका लागि भएकाे बताउनु भएकाे छ । अाज जिल्ला निर्वाचन कार्यालय माेरङमा अाफ्नाे उम्मेद्वारी दर्ता गर्दै  डा. शर्माले दुर्इ छाक खान नपाएका तथा स्वास्थ्य उपचार नपाएका तमाम् नेपालीहरूका पक्षमा अाफ्नाे उम्मेद्वारी भएकाे जिकिर गर्नु भएकाे हाे । ‘यहाँ दुई छाक खान नपाएकाहरुले स्वास्थ्य उपचार गर्न पाएका छैनन्। अहिलेसम्म स्वास्थ्य क्षेत्रमा केही सुधार र परिवर्तन आएको छैन । यसैका विरूद्द मेराे उम्मेद्वारी हाे ।’ अाफ्नाे उम्मेद्वारी दर्ता पश्चात सञ्चारकर्मीसँग बाेल्दै उहाँले भन्नुभयाे ।

लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले स्वास्थ्य सेवामा जनतालार्इ सर्वसुलभ पहुँच स्थापित गर्न अाफु लागि पर्ने बताउनु भयाे । ‘स्वास्थ्य सेवा जनताकाे अाधारभूत अावश्यक्ता हाे, गरिबीकाे रेखामुनी रहेका अधिकांश जनताले अझैपनि गुणस्तरिय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । मेराे उम्मेद्वारी त्यस्ता जनताका पक्षमा हाे ।’

विराटनगर स्थित नाेवेल मेडिकल कलेजका सञ्चालक समेत रहनुभएका डा. शर्माले संविधानले समेत स्वास्थ्य सेवालार्इ जनताकाे नैसर्गिक अधिकार भनेकाे अवस्थामा राज्यले साेहि अनुसारकाे नीति तथा कार्यक्रम बनाउन अावश्यक रहेकाे अाैल्याउनु भयाे । उहाँले माेरङ क्षेत्र नं. ३ का जनतामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै उनीहरूलार्इ स्वास्थ्य बिमा तर्फ अाकर्षित गर्ने, कमजाेर अार्थिक अवस्था भएकालार्इ निःशुल्क स्वास्थ्याेपचारकाे ब्यवस्था गर्ने, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू नीतिगत रूपमा समाधान गर्न अाफ्नाे भूमिका रहने प्रतिबद्दता ब्यक्त गर्नुभयाे । ‘आधुनिक युगमा नेपालका अधिकांश जनताले सामान्य स्वास्थ्य सुविधा समेत उपभोग गर्न नपाएको अवस्थामा म त्यस्ता जनताका पक्षमा काम गरेर देखाउँछु ।’ उहाँले भन्नुभयाे ।

शर्मा विद्यार्थी कालदेखि नै राजनीतिमा आबद्ध हुँदै आउनु भएकाे छ । लोकतान्त्रिक पद्धति र विचारमा विश्वास गर्ने उहाँले दुई दशक भन्दा बढि समय राजनीतिमा बिताइसक्नु भएकाे छ। यस अघिका निर्वाचनमा पटक पटक एमालेले जित हासिल गरे पनि समाजका लागि केही योगदान नगरेको बताउँदै आफूले समाज र देशका लागि काम गर्न उम्मेद्वारी दिएकाे उहाँकाे तर्क थियाे ।

‘आज उल्लासपूर्वक हामीले उम्मेद्वारी दर्ता गर्‍यौँ । मैले उम्मेद्वारी दर्ता गरार्इरहँदा जनताले म प्रति देखाएकाे हार्दिकता र उहाँहरूकाे उत्साहले मंसिर २१ काे  निर्वाचनमा हामी कुन अवस्थामा पुग्छ सक्छाैं स्पष्ट पारेकाे छ ।’ उम्मेद्वारी दर्ता गर्ने क्रममा शर्माले भन्नुभयाे । शर्माले वाम गठबन्धन आगामी निर्वाचनबाट पत्तासाफ हुने समेत दावि गर्नु भयाे । ‘वाम तालमेल गरेर निर्वाचनमा होमिएको एमालेले यसअघि के के काम गर्‍यो ? सबै जनता माँझ छर्लंगै छ । अबकाे निर्वाचनमा एमाले पत्तासाफ हुन्छ ।’

डा. शर्माले स्वास्थ्य क्षेत्रतर्फ शिविरमा उपचारमा कठिनार्इ भएका जनताहरुलाई नोबेल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अहिलेसम्म नोबेल कलेजमा चार सय भन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति पाएकाे पनि बताउनु भएकाे छ । उहाँले निजी क्षेत्रका स्वास्थ्य संस्थाले नाफा मात्र कमार्इरहेकाे अाराेप लागिरहँदा नाेवेल मेडिकल कलेजले भने पैसा नभएर अस्पतालसम्म पुग्न नसकेका जनतालार्इ समेत घरघरमा गएर स्वास्थ्य सेवा दिर्इरहेकाे बताउनु भयाे । उहाँले अागामी दिनमा थप तीन सय विद्यार्थीहरूलाई नोबेल मेडिकल कलेजमा छात्रवृत्तिको व्यवस्था गर्ने समेत उद्घाेष गर्नु भयाे ।

मोरङका तीन ठाउँमा अस्पताल निर्मांणको काम थालनी गरेको बताउँदै उहाँले भन्नुभयाे–‘बेलबारी, रमाइलो र पथरी  क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणकाे काम अघि बढाइसकिएको छ । अब, गरिब तथा निमुखा जनताले स्वास्थ्य उपचारबाट वञ्चित हुने दिन गए । ’ उम्मेद्वारी दर्ता गरे पश्चात् मकालु खबरसँग कुराकानी गर्दै उहाँले भन्नु भयाे । माेरङ क्षेत्र नं. ३ मा डा. शर्माकाे विरूद्द बाम गठबन्धनका साझा उम्मेद्वार भानुभक्त ढकालले उम्मेद्वारी दिएपनि उनकाे जनाधार कमजाेर रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *