प्रधानमन्त्री ओलीको भदौ ४ को सिंगापुर यात्रा लामाे हुन सक्ने

भाद्र १, काठमाडौँ । गत साउन १८ देखि २७ गते मात्रै  ‘स्वास्थ्य परीक्षण’ गरेर  स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ चार गतेको  सिंगापुर यात्रा पहिलेको भन्दा लामो हुने संकेत देखिएको छ ।   

उच्च स्रोतका अनुसार  सिंगापुरबाट स्वास्थ्य परीक्षण गरी फर्केका प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि खाइरहेको औषधि परिवर्तन गरेर पछिल्लो पटक सिंगापुरमा गएका बेला खान शुरु गरेको नयाँ औषधिको असर हेर्ने र त्यो असफल भएमा नयाँ मिर्गौला प्रत्यारोपण गर्ने सम्भावना देखीको हुनाले त्यसका लागि उनले सिंगापुरमा धेरै समय सम्म रहनु पर्ने छ ।   

सिंगापुरस्थित नेसनल युनिभर्सीटी अस्पतालमा भदौ ५ गते फेरी उनको स्वास्थ्य जाँच भएकोले उनी भदौ चार गते नै  सिंगापुर प्रस्थान हुन लागेका हुन् ।   

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

यस अघी सिंगापुरमा स्वास्थ्य जाँच गरी आफू स्वास्थ्य रहेको दावी गरेका प्रधानमन्त्री ओलीले बाहिर हल्ला भएको जस्तो आफू सिकिस्त नभएको  बताएका थिए ।   

तर  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुने अवस्था नरहेकाले ‘फलोअप’का लागि सिंगापुर जाने सम्बन्धमा त्यतिबेलै निश्चित गरिएको भएपनि त्यो लुकाउने प्रयास गरिएको उच्च स्रोतको भनाई छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *