विप्लवका कार्यकर्ता विष्णु परियार धरौटीमा रिहा
मकालु खबर
२०७६ वैशाख १२ गते
नेत्रविक्रम चन्द विप्लव
बैशाख ११, पर्वत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसङ्गठन दलितमुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् ।
null
पर्वतको कुश्मा नगरपालिका–८ घर भएका विष्णु परियारलाई कुश्मा नगरपालिका–१२ ठूली पोखरीबाट गत चैत १७ गते पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखिएको थियो ।
थुनामा रहेका ३५ वर्षीय परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
जिल्ला अदालत पर्वतका न्यायधीश सूर्यबहादुर थापाको इजालसले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
मकालु खबर
२०७६ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित