केपी अाेली विरुद्ध काेमल वलीकाे उजुरी
“
कार्तिक १७, काठमाडाैं । केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेकपा एमाले प्रवेश गरेकी कोमल वलीले एमालेबाट टिकट नपाएपछि केपी अाेली विरूद उजुरी दिने तयारी गरेकी छन् । उनले दाङकाे उच्च अदालतमा मुद्दा दर्ता गर्न लागेकी हुन् ।
पार्टीले टिकट दिनेमा आफू ढुक्क रहे पनि पछिल्लो समयमा आएर पार्टीले धोका दिएको उनकाे आरोप छ । नेकपा एमालेले प्रतिनिधिसभातर्फ दाङको क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दिने तयारी गरेकाे भए पनि अन्तिममा आएर अाफूलार्इ धाेका दिएकाे उनले अाराेप लगाइन् ।
पार्टीले आफूलाई कहिले समानुपातिकमा त कहिले प्रत्यक्षमा उठाउने भन्दै प्रतिबद्धता व्यक्त गरे पनि आफूले नेताका घर नचाहरेकै कारण टिकट नपाएको वलीले बताइन । पार्टीको चुनावी प्रचार–प्रसारमा कात्तिक २९ गतेद्खि नै दाङमा रहेकी वलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत उम्मेदवार बनाउने आश्वासन दिएको उनी बताउँछिन् । उनले भनिन्, ‘अध्यक्ष ओलीले पनि तपाईँलाई समानुपातिकमा उठाउने कि प्रत्यक्षमा त्यो मेरो जिम्मा भयो । तपाईँ ढुक्क हुनुहोस् भनेपछि म दाङ आएकी थिएँ ।’
लामो समय रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेकी कोमल वलीले राष्ट्रवादी पार्टी भएकाले एमाले प्रवेश गरेको बताएकी थिइन् । उनले भनिन्, म राजनीतिमै समर्पित हुनका लागि रेडियो नेपालको जागिर छोडेँ । एमाले त इमान्दार पार्टी हो जस्तो लाग्थ्यो, यहाँ पनि नातावाद चल्दो रैछ ।’
“