करिश्माको सांसद बन्ने सम्भावना कति ?
मकालु खबर
२०७४ जेठ १५ गते
“कात्तिक १८, काठमाडौं । चर्चिच नायिका करिश्मा मानन्धर आगामि प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ शक्ति पार्टी ले बुझाएको समानुपातिक तर्फको बन्द सूचीको एक नम्बरमा परेकी छन् ।
समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूचीमा अगाडि जसको नाम हुन्छ, सो दलले पाएको मतका आधारमा ऊ निर्वाचित हुने सम्भावना उति धेरै हुन्छ । तर अहिलेको थ्रेस होल्डको व्यवस्था अनुसार दलले कुल मतको तीन प्रतिशत समानुपातिक तर्फ र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने हुन्छ ।
यदि नयाँ शक्ति नेपाल पार्टीले देशभर खसेको कूल मतबाट समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन सके करिश्मा मानन्धर प्रतिनिधि सभा सांसद बन्नेछिन् ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित