काठमाडौँको सानोभर्याङ्गमा दुर्घटनाः एक वृद्धाको मृत्यु, ४ जना घाइते

कात्तिक २८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ्ग नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ । 

बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएका हुन् । उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्युभएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ । 

ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *