विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य जीवन्त ललितपुरबाट पक्राउ

काठमाडौ ।  नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त ललितपुरबाट पक्राउ परेका छन्।  जीवन्तलाई शुक्रबार सादा पोसाकमा आएका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले उनी  पक्राउ परेकोबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । 

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुक, प्रहरी प्रवक्ता उत्तम सुवेदी र सीआइबीलेसमेत कार्की पक्राउबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । तर नेकपा स्रोतले भने पोलिटब्यूरो सदस्य जीवन्त पक्राउ परेको पुष्टि गरेको छ ।  

उनी यसअघि पनि पक्राउ परेका थिए । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *