न्यायाधीशविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

 

जेठ २, काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतमा कार्यरत तत्कालीन न्यायाधीश लेखनाथ ढकालविरुद्धकाके निवेदन दरपीठ (अस्वीकार) गरेको छ । 

१८ लाख घुस लिएको दाबीसहित काभ्रेपलाञ्चोक स्थायी घर भएका उमेश बानियाँले दिएको निवेदन दर्ता सर्वोच्चले दरपीठ गरेको हो । 

null

परिबन्दमा पारी १८ लाख घुस लिएको दाबीसहित काभ्रेपलाञ्चोक स्थायी घर भएका उमेश बानियाँले निवेदन दिएको निवेदन सर्वोच्चले कामु रजिष्ट्रार नारायण पन्थीले न्यायाधीशमाथि कारवाही गर्ने निकाय न्याय परिषद्ले उजुरीमाथि छानविन गरी तामेलीमा राख्ने निर्णय गरेको भन्दै अस्वीकार गरेको हो । 

न्यायाधीश ढकालले पेट्रोलियम पदार्थ कालोबजारी मुद्दामा बदनियत राखी आफूसँग १८ लाख रकम लिएको दाबी गर्दै आएका छन् । 

एकै पटक दायर भएको कालोबजारी मुद्दामा एक जना अभियुक्तलाई धरौटी र आफूलाई थुनामा पठाएर १८ लाख रुपैयाँ न्यायाधीशको परिवारलाई बुझाएर रिहा भएको बानियाँले खुलाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *