तारा एयरको जहाज लुक्लामा

चैत्र १३, काठमाडौं । लुक्लामा अलपत्र १४ जना फ्रान्सेली नागरिकलाई लिन तारा एयरको जहाज लुक्लामा अवतरण गरेको छ । 

काठमाडौंबाट दुई दिनदेखि लुक्लामा अलपत्र  १४ जना फ्रान्सेली नागरिकलाई लिन तारा एयरको जहाज लुक्लामा अवतरण गरेको हो । 

ताराले गृह मन्त्रालयको अनुमतिमा उद्धारका लागि उडान गरेको तारा एयरले जनाएको छ । 

null

नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि पदयात्रामा रहेका उनीहरुलाई ल्याउनका लागि काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको छ । 

दूतावासले पोखरामा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याउनका लागि पनि जहाज पठाउने तयारी गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *