ट्रिपरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

मंसिर २, चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जानकारी दिएको छ । 

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको ट्रिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहेका छन् । 

null

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *