विद्यार्थीको अभिभावक बन्यो कालिका मोटरसाइकल पार्टस

वैशाख १६ काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टसले पाँच जना विद्यार्थीको पठनपाठनको जिम्मा लिएको छ । 

 

रत्ननगर १६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत ती विद्यार्थीहरूलाई कालिका मोटरसाइकल पार्टसले कक्षा १२ सम्मको जिम्मेवारी लिएको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै अभिभावकत्व ग्रहण गरेको थियो । 

null

व्यावसायिक संस्था भए पनि सामाजिक उत्तरदायित्व बहन गर्दै ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेको कालिका मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक तथा कालिका यामाहा कोषका अध्यक्ष उत्तम अधिकारीले बताए । भद्रकाली माविको कक्षा ४ मा अध्ययन गर्ने उदिप मगर र सुमिना मगर, कक्षा ८ मा अध्ययनरत मिलन सापकोटा त्यस्तै, कक्षा ९ मा अध्ययनरत अभिषेक श्रेष्ठ र दिपिका परियारको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्मको पठनपाठनको जिम्मा लिइएको हो । 

पाँच विद्यार्थीमध्ये सुमिना मगर र अभिषेक श्रेष्ठलाई एक एक थान साइकलसमेत प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा, एमए डब्लु इन्टरप्राइजेज प्रालिका एजिएम प्रकासबाबु देवकोटा, कालिका मोटरसाइकल पार्टसका सञ्चालक उत्तम अधिकारीले सयुक्त रूपमा विद्यार्थीहरूलाई स्टेसनरी प्रदान गरेका थिए । 

कालिका मोटरसाइकल पार्टसले प्रत्येक मोटरसाइकल र स्कुटर बिक्रीबाट २ सय रुपैयाँ छुट्याएर कोषमा जम्मा गर्दै आएको छ । कोषमार्फत यसअघि पनि पूर्वी चितवनका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । कालिका मोटरसाइकल पार्टसले आयोजना गरेको कार्यक्रमकै अवसरमा वडाध्यक्ष हेमराज थापाले सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत आयुषा सुयांलको अभिभावकत्व ग्रहण गरेका छन् भने विद्यालय व्यवस्थापन समितिका सदस्य शर्मिला गुरुङले विनोद रिमाल, मुस्कान श्रेष्ठ र लक्ष्मी नेपालीलाई पाठ्यपुस्तक प्रदान गरेकी थिइन् । 

कालिका यामाहा कोषका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनका कोषाध्यक्ष बिमलकुमार पौडेल, विद्यालयका प्रधानाध्यापक तिलकबहादुर कुँवर, बुद्धिजीवी घनश्याम प्रधान, कालिका मोटरसाइकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेलगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *