कोरोनाका कारण रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

चैत ९, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । 

पूर्वअध्यक्ष सान्जको ७६ बर्षको उमेरमा अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् । 

उनको कार्यकालमा रियल म्याड्रिड विश्वकै ठुलो क्लब बनेको थियो । उनले १९९८ मा युरोपीयन च्याम्पियनसिप क्लबलाई ३२ बर्षपछि जिताएको श्रेय जान्छ । २००० मा अहिलेका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग चुनाव हारेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *