विकासको संकल्प गर्दा सरकारलाई अलोकप्रिय बनाउने काम भयोः प्रधानमन्त्री ओली

पुस ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई अघि बढाउने संकल्प गर्दा सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको बताएका छन् । आज राजधानीमा १५ औं ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न नसक्ने दावि गरे । 

‘देश विकासको अठोट लिएर अगाडी बढ्दा सरकारलाई अलोकप्रिय बनाउने काम भइरहे पनि हामी उद्देश्यमा प्रतिबद्ध भएकोले कसैले केही विगार्न सक्दैन ।’ उनले भने ।  

नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै रहेको जिकिर समेत गरे । ज्यापु संस्कृति विकास कोषद्वारा बसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारले कला, संस्कृति, गौरवलाई खेर जान नदिने भन्दै सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्ने बताए । 

null

ओलीले गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने–‘इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ । त्यसका लागि सरकार प्रतिबद्ध छ ।’ 

उनले पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै धरहरा दुई वर्षभित्र बन्ने बताए । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको उनको तर्क थियो । 

काठमाडा विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै ओलीले बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै भएको दावि गरे । ‘विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।’ उनले भने ।  

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंहले काठमाडौँ उपत्यकामा रहेको मौलिक परम्परा, चार्ड पर्व, भेषभूषा, कला र संस्कृतिको संरक्षणमा कोषले महत्वपूर्ण विभिन्न कार्य गर्दै आएको जानकारी दिए । 

समारोहमा प्रधानमन्त्री ओलीले ज्यापु दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न क्षेत्रमा ब्यक्तिहरुलार्ई सम्मान गरेका थिए ।यसअघि १५ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु समाजसँग सम्बन्धित सङ्घ संस्थाको अगुवाइमा काठमाडौँ 

गणेशस्थानबाट शुरु भएको ¥याली नरदेवी, असन, भोटाहिटी, नयाँ सडक, पाको हुँदै बसन्तपुरमा पुगेर आमसभामा परिणत भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *