वायर्नले मैन्जलाई २ – १ ले हरायो

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले मैन्जलाई २ – १ ले हराएको हो ।  

मैन्जको मैदानमा वायर्नलाई जित दिलाउन लिओन गोर्टेज्का र थियागोले एक/एक गोल गरे ।  मैन्जका जीन पाउलले एक गोल फर्काए । 

 

null

पहिलो हाफको ३९ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४८ औं मिनेटमा पाउलले गोल गर्दै मैन्जलाई खेलमा फर्काए । त्यसपछि खेलको ६२ औं मिनेटमा थियागोले गोल गर्दै वायर्नलाई २ – १ को जित दिलाए । 

जितसंगै दोस्रो स्थानको वायर्नले ९ खेलबाट १९ अंक जोडेको छ । पराजित मैन्ज ९ अंक जोडेर १२ औं स्थानमा छ । 

 

लिगको शीर्ष स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ । डर्टमण्डले ९ खेलबाट २१ अंक जोडेको छ । शनिबार डर्टमण्डले हेर्थ बर्लीनसंग २-२ गोलको बराबरी खेलेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *