कोरोनाको उद्‍गमस्थल वुहान पुगे राष्ट्रपति सी

फागुन २७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरस (कोभिड-१९)को उद्गमस्थल वुहान पुगेका छन् । राष्ट्रपति सी मंगलबार बिहान कोरोनाको महामारीको निरीक्षणका लागि मध्य चीनको हुबेई प्रान्तको वुहान पुगेका हुन् । 

चिनियाँ सञ्चार माध्यमका अनुसार कोभिड–१९ को संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेका हुन् । गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट कोरोनाको संक्रमण सुरु भएको थियो । वुहानमा रहदा राष्ट्रपति सीले कोरोनाको संक्रमण रोक्न खटिएका स्वास्थ्यकर्मी, सामाजिक भोलिन्टेयरलगायतलाई भेट्ने बताइएको छ । 

महामारीको रुपमा फैलिएको कोरोना चीनमा विस्तारै फैलिने क्रम सुस्त हुदै गएको दाबी गरिएको छ । चिनियाँ सरकारले सार्वजनिक गरेको आँकडा अनुसार अहिलेसम्म ७० प्रतिशत संक्रमितको सफल उपचार गरेर डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *