उत्खननमा संलग्न स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

 बैशाख १२, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–६ स्थित केसलिया खोलामा अवैधानीक रुपमा वालुवा उत्खनन् गरिरहेको स्काईभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिहिबार बिहान सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटर सहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा राखिएको सवारीलाई आवश्यक कारवाहीको लागि बिराटनगर महानगरपालिकालाई जिम्मा लगाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *