भोली देखि ‘मेगा अष्ट्रेलिया शैक्षिक मेला’ : के भन्छन् वन अपका सञ्चालक रवि झा ?

कात्तिक २३, काठमाडौं । काठमाडौंमा भोली(शुक्रबार) देखि दुई दिने मेगा ‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’ सुरु हुने भएको छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको आयोजक वन अप प्रा लिका सञ्चालक रवि झाले बताए ।

काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा आयोजना हुने यस मेलामा नेपालका उत्कृष्ट २५ वटा भन्दा बढी कन्सल्टेन्सिहरु सहभागी हुने झाले जानकारी दिए ।

‘हालको परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रयाप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।’ जारी प्रेस बिज्ञप्तिमा भनिएको छ– ‘नेपालका उत्कृष्ट २५ वटा भन्दा बढी कन्सल्टेन्सिहरु सहभागी हुने यस मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त छ ।’

यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, IELTS मा  उच्च अंक प्राप्त  गर्ने Tips तथा Career Counselling लाई प्रमुखताकासाथ जानकारी गराइनेछ ।

मेलामा Queensford College Australia को प्रस्तुती रहेको छ भने Grace International Education को सहकार्य रहेको छ । मेलाका मेन स्पोन्सरहरूमा Educationpark, Mercy Education, E-Planet, Kangaroo Education Foundation, Aus Studies, Education Asia, Nepcoms Services, Sky Education Consultancy, Boomerang International Educational Services रहेका छन् । त्यस्तै, स्पोन्सरहरूमा Dynamic Universe, Eminent Educational Institute,  Pathfinder International Education,  Nepal Educational Consultancy, Impulse International, Nobel Education Foundation, Kathmandu Infosys, The Next, Bradford Education Consultancy, Raffles Educare, Oli & Associates, Dolphin Education र Mate’s Education रहेका छन्। यस मेलमा, IT Partner र Promotion Partner का रुपमा भने क्रमस, Communicate र Ace Media & Marketing रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *