नयाँ शक्तिको प्रतिबद्धता पत्र ५ स को विकास गरिने

कार्तिक २३, धरान । बेरोजगार युवालाई रोजगारी तथा भत्ता दिने लगायतको मुद्दालाई प्राथमिकतामा राख्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेश सभाका उम्मेद्वारले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ का प्रदेश क र ख साथै प्रतिनिधि सभाका उम्मेद्वारहरुको नामावलीसमेत सार्वजनिक गर्दै बुधवार धरानमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । पार्टीले यस क्षेत्रको धार्मिक र प्राकृतिक पर्यटनलाई समेत प्राथमिकतामा राखेको छ । क्षेत्र नम्बर १ को ऐतिहासिक संरचनाको संरक्षण, प्रवद्र्धन गरी सञ्चालन गर्ने प्रदेश १ का पार्टी संयोजक राजेन्द्रकुमार किरातीले बताए ।

सुकुम्बासीहरुलाई यथास्थानमा एकीकृत नमुना बस्ती बनाउने, किसान, मजदुरलाई रोजगार सिर्जना गर्ने तथा भत्तासम्मको व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।मङ्सिर २१ म हुने दोस्रो चरणको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पदमबहादुर राई, प्रदेश सभा १ क मा दलमर्दन कामी, ख बाट गोकुल थापा, प्रदेश सभामा समानुपातिक मनोज किराती, सुनिता मरिक डोम, चन्द्र उदास, एएच कमल राई उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *