वामपन्थीको षडयन्त्र देखेर जनता सशंकित छन् : बडू

कात्तिक २३, दार्चुला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै चुनावपछि गठबन्धन बिलाएर जाने बताएका छन् ।

नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने ठोकुवा गरे ।
नेता बडूले वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएको दावी समेत गरे ।

संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो । उनले भने– ‘कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको हो । लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक छ ।’

देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उनको भनाइ थियो । संविधानको पूर्ण रुपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *