वीपी अस्पतालमा चरम लापरवाही, प्रसूति गराउन आएका दुई महिलाको गर्भभित्रै शिशुको मृत्यु

 

पुस १६, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति गराउन आएका दुई जना गर्भवती महिलाहरुको गर्भभित्रै शिशुको मृत्यु भएको छ । 

यसै हप्ता प्रसूति गराउन गएका धरान–१८ शिव मार्गकी २९ वर्षीया कमला तामाङ र इटहरी–८ की २७ वर्षीया प्रमिला कुमारी दासको गर्भभित्रै शिशुको मृत्यु भएको हो । 

null

सुत्केरी गराउन गएका दुवै महिलाले सोही अस्पतालमा नै नियमित गर्भ जाँच गराउँदै आएको र चेकजाँचका क्रममा कुनै खराबी नदेखिएको बताएका छन् । प्रसूतिका लागि समय तोकिदिएपछि दुवै गर्भवती महिला अस्पताल पुगेका थिए । तर डाक्टरको लापरवाहीका कारण गर्भभित्रै शिशुको मृत्यु भएको उनीहरुको आरोप छ । 

धरानकी कमला तामाङको यो पहिलो गर्भ हो । उनका श्रीमान् सुरेस तामाङ वैदेशिक रोजगारमा छन् । डाक्टरको लापरवाहीका कारण बच्चाको मृत्यु भएको दाबी गर्दै तामाङले भनिन्, ‘गर्भ रहेदेखी नै नियमित जाँच गराउँदै आएकी थिएँ । माघ ७ गतेका लागि प्रसूति गराउन बोलाइएको थियो । मलाई समय अगावै व्यथा लाग्ने औषधि दिएका कारण मेरो बच्चा खेर गएको हो ।’ 

उनका अनुसार नियमित जाँचको क्रममा वीपीमा आँउदा एकजना डाक्टरले भिडियो एक्सरे गर्नुपर्ने भनेका थिए । केही समयपछि अर्का डाक्टरले राम्रै भएको भिडियो एक्सरे गर्नु नपर्ने भनेर ढिलाइ गरे । 

पुष १२ गते प्रसूतिका लागि भर्ना भएकी उनको पुस १३ गते भिडियो एक्सरे गरिएको थियो । भिडियो एक्सरेमा बच्चाको नाल निस्किएको देखिएतानि उनको तत्काल शल्यक्रिया गरिएन । ‘अप्रेशन तत्कालै भएको भए बच्चा सकुशल जन्मन सक्थ्यो तर शनिबार अबेर गरेर राती १ बजेतिर मात्र शल्यक्रिया गरियो’, कमलाले भनिन्, ‘तेतिन्जेलसम्म पेटमा बच्चा मरिसकेको थियो ।’ 

चिकित्सकले भने पेटमा रहेको बच्चा बस्ने पानी सुकेको कारण यस्तो समस्या भएको बताए । बच्चा जन्मिनु अगाडि नै नाल निस्किएकाले आमालाई समेत खतरा हुने भएर अप्रेशन गरेको चिकित्सकको भनाइ छ । 

 

त्यस्तै कमलासँगैको बेडमा रहेकी अर्की गर्भवती महिला प्रमिला दासले पनि चिकित्सकको लापारवाहीले गर्भभित्रै शिशुको मृत्यु भएको आरोप लगाइन् । उनले नियमित चेकजाँचका क्रममा कुनै समस्या नदेखिएको बताइएको तर १३ दिनअघि अस्पताल आउँदा भर्ना हुनुपर्ने बताएपछि अस्पताल भर्ना भएको बताइन् । 

यसअघि एक छोरा र एक छोरी रहेको प्रमिलाको दुई वटै बच्चा सामान्य रुपमा जन्मेको बताइन् । प्रमिलाले डा. दिप्ती दासले आफूलाई दुर्व्यवहार समेत गरेको आरोप लगाइन् । उनले भनिन् ‘अफूलाई लेबर फाँटको इन्चार्ज भएको भन्दै बच्चालाई जबरजस्ती गर्भबाट निकाल्दै मरेको भनेर लेखिदिने धम्की दिइन् । जब अप्रेशन भयो त्यतिबेलासम्म बच्चा पेटमै मरिसकेको रहेछ ।’ 

शल्यक्रियापछि मात्र डाक्टरले बच्चा ठूलो भएर यस्तो भएको बताएको उनले सुनाइन् । उनका अनुसार डाक्टरले ४० हप्तामा बच्चा जन्मिने बताएका थिए । पछि फेरी ४१ हप्ता हुँदा पनि फरक नहुने भनियाे ।  

यस्तो लापरबाही गर्ने अस्पतालमा बच्चाकाे मात्र नभइ आमाको पनि ज्यान जान सक्ने प्रमिलाले बताइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *