सातै प्रदेशका डीआईजी भेला पारेर गृहमन्त्रीले दिए यस्ताे निर्देशन

 

असार ३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सातै प्रदेशका डीआईजीसँग छलफल गर्दै सचेत रहन आग्रह गरेका छन् । 

मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित सातै प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्दै गृहमन्त्री थापाले सचेत रहन आग्रह गरेका हुन् । 

null

उनले भने, ‘प्रतिपक्षले साना विषय पनि उचालिरहेको छन्, सचेततापूर्वक काम गर्नू । राजावादी र विखण्डनवादीका गतिविधि पनि निगरानीमा राख्नू ।’ 

यस्तै उनले आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने महशुस गरेर काम गर्न पनि निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *