डा. शर्मालाई ‘वान्स मोर’पछिको पीडा
“
काठमाडौं, कात्तिक २५ । कात्तिक महिना । चैतझै पारिलो घाम । मध्यान्ह्को घाम कटिसकेको थियो तर घामको राप भने उस्तै । चुनावी अभियान झन् चर्किरहेको थियो । घडी हेर्दा ठ्याक्कै साढे दुई बजिसकेको थियो पथरीशनिश्चरे–३, वीरेन्द्रनगर चोक पुग्दा । पथरीशनिश्चरे–१ मा सयौँ सर्वसाधारणहरुको ‘वान्स मोर’ हुटिङ पाएर वीरेन्द्र चोकको चुनावी सभामा पुगेका डा. सुनिल कुमार शर्मा शुक्रबार दिउँसो एक दम्पत्तिलाई भेटेपछि स्टेजमा उक्लिन नपाउँदै आँखामा आँशु टिल्पिलाए ।
स्टेजमा उक्लिन लाग्दा ति दम्पत्तिले डा.शर्मालाई प्रणाम टक्राउदैै गहभरी आँशु पारेर भने,‘ तपाइको भगवानले रक्षा गरुन् ।’ त्यसपछि डा. शर्मा एकछिन एकोहोरिए । के बोलु ? कसो गरु ? उनीहरु किन यसो भन्दै छन् ? यसको निचोड उनले बल्ल पछि थाहा पाए । दुवैले आँखामा टिल टिल आँशु पार्दै चुहाउन लागेको देखेपछि उनले पनि मन थाम्न सकेनन्,स्टेजमा नउक्लिँदै मौन हुन पुगे । डा.सुनिल कुमार शर्मालाई आफ्नो गाउँमा साक्षात देख्न पाएपछि आँशु थाम्न नसकेका उनीहरु आँखामा आँशु टिल टिल पार्दै आगामी मङ्सिर २१ गते निर्वाचनमा भगवानसँग जितका लागि प्रार्थना गरे ।
उनीहरुको यस्तो माया ममता देखेर एकोहोरिएका डा. शर्मा केही छिन उनीहरुसँगै रमाए । उमेरले ६५ वर्ष पार गरिसकेको बताउँने प्रेम बहादुर तामाङ आफ्नी श्रीमती सुनामाया तामाङसित डा. शर्मा आउने खवर पाएपछि वीरेन्द्र चोकमा पुगेका रहेछन् । केही महिनाअघि टाउँको ‘अप्रेसन’ गरेर नयाँ जीवन पाएका प्रेम बहादुरले यसअघि पनि पटक पटक डा.शर्मालाई भेट्न नचाहेका होइनन् तर समयले साथ नदिएपछि साक्षात भेट हुन सकिँरहेको थिएन । उनी भन्छन्–‘महिनौदेखिको भेट्ने इच्छा बल्ल पूरा भयो । हामीले भगवानको अनुहार देख्न पायौँ ।
अब, यति भए सजिलै मर्न सजिलो भयो ।’ उपचारपश्चात् दम्पत्तिले आफूहरुले डा. शर्मालाई भेटका लागि अनेक प्रयास गरेपनि भेट्न नसकेको सुनामायाले बताइन् । ‘श्रीमान्लाई नयाँ जीवन दिलाइदिनु हुने उहाँलाई हामीले आज साक्षात भेटेका छौँ । उहाँ हाम्रो भगवान हुनुहुन्छ । उहाँजस्तो व्यक्ति आजको समाजमा आवश्यक छ ।’ आँखा रसाउँदै भनिन्,‘ भगवान जहिल्यै पनि सबैका प्यारो हुन्छ ।’ चुनावी व्यस्ताताका कारण उनीहरुसँग १५ मिनेट कुराकानी गरेका डा. शर्मा चुनावी अभियानका क्रममा अथक भई दौडिँदै त्यहाँ पुगेका थिए ।
उनीहरुसँग भेट गर्ने अवसर पाएका डा. शर्माले न उनीहरुलाई नै चिन्थे न त केही नाता नै पथ्र्यौँ । केही समयदेखि निरन्तर रुपमा स्वास्थ्य शिविरमार्फत ३ नम्बर क्षेत्रका गरिब सर्वसाधारणको स्वास्थ्य चेक जाँच गर्दै आएका विराटनगरको नोबेल मेडिकल कलेजका निर्वतमान अध्यक्ष शर्माले उनीहरुलाई टेलिफोनमार्फत डाकेर निःशुल्क उपचार गराउन आदेश दिएका रहेछन् । स्थानीय सहयोगमा टेलिफोनमार्फत प्रेमलाई नोबेल मेडिकलमा पुर्याइएको सुनामायाले सुनाइन् । दुवैसँग फेरि भेट्ने बाचा गर्दै डा. शर्माले हात हल्लाए ।
“