रवीन्द्र मिश्र भन्छन्– अब जनताले मोमो र चाउमिन हैन, फापरको रोटी अर्डर गर्छन्

कात्तिक २५, काठमाडौँ । विवेककशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले जनता सचेत भइसकेकाले अब मोमो र चाउमिन मात्रै अर्डर नगर्ने बताएका छन् । पार्टीको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मिश्रले भने ‘जनताहरु सचेत भइसके अब आफ्नो स्वास्थ्यलाई फाइदा पुग्ने फापरको रोटी अर्डर गर्छन्। हामी फापरको रोटी अर्डर गर्छन् ।’

प्रतिबद्धता सार्वजानिक गर्ने क्रममा मिश्रसहित काठमाडौँका उम्मेदवारहरु सूर्यराज आचार्य र उज्वल थापाले मन्तब्य राखेका थिए ।

धरहरा नजिकैको सुन्धाराको सानो खाली ठाउँमा आयोजना गरिएको कार्यक्रममा नेता थापाले पुरानो नेताहरुले देश बनाउन सक्दैनन् भन्ने गतिलो प्रमाण नजिकैको भिमसेन थापाको धरोहर धरहरालाई दिए । उनले भने, ‘९० सालको भूइँचालोले धरहरा ढलेको दुई वर्ष भित्रमा बन्यो । त्यतिबेला यस्तो प्रविधि जनशक्ती थिएन । अहिले सबै छ तर, नेताहरुको नियत खराब भएको कारण पुननिर्माणको काम सुरु भएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *