दलबीच आरोप प्रत्यारोप उत्कर्षमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, कात्तिक २६ । निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् । मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ ।
कांग्रेसले आगामी निर्वाचनमा कम्युनिष्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै बाम गठबन्धनविरुद्ध खनिएको छ । वाम गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कंग्रेस आतिएको बताउँदै आएको छ । बाम गठबन्धन र काग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित