कोरोना भाइरस : अष्ट्रेलियाका गृहमन्त्री संक्रमित

फागुन ३०, काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसबाट अष्ट्रेलियाका गृहमन्त्री संक्रमित भएका छन् । पिटर डटन कोरोनाबाट संक्रमित भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । 

शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले उल्लेख गरेका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको हो । 

अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको जनाएका छन् ।   

मार्च महिनाको सुरुमा गृहमन्त्री ठटन अमेरिका गएका थिए । मंगलबार मात्रै पनि  मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए । त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *