प्रदेश नम्बर १ मा चुनावी गतिविधि बढ्दै

कार्तिक २६, सुनसरी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेश नम्बर १ का विभिन्न जिल्लाहरूमा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ । गाउँ–गाउदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ ।

उम्मेदवारहरु प्रचार प्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरू घरदैलो कार्यक्रमलाई अभियानकै रूपमा अगाडी बढाउदै अघि बढेका छन् । यसैबिच आज आइतबार सुनसरीको धरानमा लोकतान्त्रिक गठबन्धनले आधाकारिक उम्मेदवार घोषण गरेकाे छ ।


सुनसरी क्षेत्र नं १ अन्र्तगतको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका उम्मेदवारकाे नाम सार्वजनिक गरेको हो । धरान १ स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा गरिएको कार्यक्रममा प्रतिनिधि सभा तर्फ प्रत्येक्ष साझा उम्मेदवारका रूपमा सङ्घीय समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री अशोक राई, त्यस्तै प्रदेश सभातर्फ सुनसरी क्षेत्र नं १ क का उम्मेदवार धरानका युवा नेता किशोर राई तथा क्षेत्र नं १ ख मा उम्मेदवारका रूपमा बुद्धि कटवाललाई उम्मेदवार बनाएको सम्मेलनमा लोकतान्त्रिक गठबन्धनले जनाएको छ ।

चुनावी गतिविधिमा सक्रिय भएर जसरी भएनी चुनाव जित्ने कार्यक्रममा नेताहरूको भनाई थियो । कार्यक्रममा सङ्घीय समाजवादी पभोरमका सुनसरी क्षेत्र नं १ का निर्वाचन परिचालन समिति संम्योजक ध्यान बहादुर राई तथा नेपाली काग्रेसका तर्फबाट सम्योजक विनोद कुमार राई लगायतका दुवै पार्टीका निशिष्ट नेताहरूको सहभागिता रहेको थियो । भने, कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको ४२ बुदे प्रतिबध्ताहरु समेत सार्वजनिक गरिएको थियो ।

उता पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा आज सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको लिम्बुवानी चुनावी आम सभा सम्पन्न भएको छ । उत्त चुनावी आमसभामा सम्बोधन गर्नुहुदै समानुपातिक उमेद्धावार पाटी केन्द्रीय अध्यक्ष कुमार लिङदेनले लिम्बुवानी आन्दोलन नयाँ चरणमा अघि बढेको भन्दै लिम्बुवानको पहिचान जोगाउँन सबै अए साथ अघि बढ्नु पर्ने बताए ।

सबै समुदाय वर्ग लिङलाई समान हक र अधिकारको विषयमा आफ्नो पाटीले मात्र पटक पटक आवाज उठाउँदै बताउँदै लिङ्देनले अब पहिचान बादीहरु एक ठाउँमा आउनु पर्ने आवश्यकता भएको बताए ।

सोही कार्यक्रममा पाँचथरबाट प्रतिनिधि सभाका उमेद्धवार सागर केरुङ, क्षेत्र नं.२ ख क्षेत्रका उमेद्धवार लावाहाङ चेम्जोङ, र क्षेत्र न.१ क क्षेत्रका उमेद्धवार हर्कजंङ लिङ्देन लगायतका नेता तथा कार्याकताहरुले लिम्बुवान स्वायत्त राज्यहरू स्थापना गर्न दाप सहितको खुकुरी चिन्हमा मतदान गर्न सबै सगं आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *