सहकारीले बीउमा किसानलाई झुक्यायो, धान छैन भुस मात्र

 

असार ८, चितवन । चितवनको राप्ती नगरपालिका ८ खुरखुरे स्थित जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाले बिक्री गरेको धानको बिउबाट धान उत्पादन नभएपछि यहाँका किसानहरु चिन्तित बनेका छन् । 

चैतमा रोपेको धान खेतीमा भुस मात्रै उत्पादन भएको उनीहरुको भनाइ छ । किसानहरुले सहकारीले झुक्याएर धानको बीउ बिक्री गरेको आरोप लगाएका छन् । 

null

सो सहकारीबाट किसानहरुले हर्दिनाथ धानको बीउ भनेर खरिद गरेका थिए । बोरामा बीउको सुचीकृत गरी हर्दिनाथ नाम उल्लेख रहेपनि सो धान हर्दिनाथ नभएको उनीहरुले बताए । 

राप्ती नगरपालिकाको ४, ५, ६ र खैरहनी नगरपालिकाको ७ र १० नम्बर वडाका किसानहरुले चैतमा सोही सहकारी मार्फत् हर्दिनाथ धानको बीउ भनेर खरिद गरेका थिए । ति सबै क्षेत्रमा उस्तै समस्या देखिएको किसानहरुको भनाइ छ । 

 

खरिद गरिएको बीउबाट भुसमात्रै उत्पादन भएपछि आक्रोशित किसानहरुले जनसेवा बहुउद्देश्यीय सहकारी संस्थामा ताला लगाएका छन् । सहकारीले आफुहरुलाई झुक्याएकाले क्षतीपुर्तीको माग गर्दै तालाबन्दी गरिएको खैरहनी १० का किसान जनक थपलियाले बताए । 

किसानको माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत् रहने उनको भनाइ छ । खैरहनी ७ मझुईकी किसान देवकी पाठकले सोही सहकारी मार्फत् खरिद गरेको बीउले २५ कठ्ठा जग्गामा धानखेती गरेकी थिइन् । 

टाढाबाट हेर्दा सुन जस्तो देखिएपनि हातले छाम्दा धानको बालामा गेडो नलागेको उनले सुनाइन् । अघिल्लो वर्ष १ विगाहामा ८७ हजारको धान बिक्री गरेको सुनाउँदै उनले भनिन्, ‘यसपाली सहकारीले झुक्यायो । झन् राम्रो होला भन्ने थियो, भुस मात्र छ ।’ 

 

अर्का किसान श्याम नारायण फुयाँलले पनि बीउमा झुक्याएको बताए । ‘रोगले भनौँ छिमेकीले अन्तबाट ल्याएको सोही धान राम्रो उत्पादन छ’, फुयाँलले भने, ‘यहाँबाट खरिद गरेका प्रायः सबै किसानको उस्तै समस्या रहेकाले सहकारीले क्षतीपूर्ती दिनुपर्छ ।’ 

बालामा एक दुई गेडामात्रै धान रहेकाले भुसको भाउमा बिक्री गर्नु परेको किसान फुयाँलले दुःख पोख्दै भने । ५७ रुपैयाँ प्रतिकिलो धानको बीउ खरिद गरेका उनले ७ रुपैयाँ किलोमा बिक्री गरेको सुनाए । १५ कठ्ठामा उनले सो बिउको धान लगाएका थिए । यसअघि १५ कठ्ठबाट ३५ क्वीन्टल धान बिक्री गर्ने गरेको किसान फुयाँलले बताए । 

 

जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खेमराज पाठकल यस पटक रोगका कारण पूर्वी चितवनमा धान सखाप पारेको बताउँछन् । सुचीकृत रहेको बीउ खरिद गरेर ल्याएको र सोही बीउ नै किसानलाई बिक्री गरेको पाठकको भनाइ छ । 

सो सहकारीले सर्लाहीको वागमती नगरपालिका शंकरपुरको बीउ उत्पादक संस्थाबाट बीउ खरिद गरि ल्याएको थियो । यस विषयमा बीउ उत्पादक सस्था, वजारीकरण गर्ने संस्थासँग सोमबार छलफल गर्ने अध्यक्ष पाठकले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *