हावाहुरीका कारण दासको मृत्यु

बैशाख ३० मोरङ । गएराती आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । 

रेल वे ट्रयाक छेउको ऐलानी जग्गामा टहरो बनाएर बस्दै आईरहेका कटहरीका चन्द्र दासको हावाहुरीका कारण टहरो भत्किएर च्यापिदा मृत्यु भएको हो । 

बिहान ५ बजे टहरो भत्किएको देखेर हेर्न जाँदा टहरोको बाँसले च्यापिएको अवस्थामा उनी मृत भेटिएको स्थानियवासीले बताएका छन् । 

null

मृतक दास केही समय देखी उक्त ऐलानी जग्गामा टहरो बनाएर बस्दै आईरहेका थिए । 

दाशको शव पोष्टमार्टमका लागि अस्पताल लगि सकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *