‘मेरो छोरीलाई न्याय दे’ भन्दै निर्मलाका बाबुले लगाए नारा

कात्तिक १४, धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता लगाई उनलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन गरिएको छ ।  । 

लामो समयसम्म पनि दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले न्याय माग्दै धनगढीमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीता जनाएका निर्मलाका बाबुले– मेरो छोरीलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, असक्षम गृहमन्त्री राजीनामा दे, लगायतका नारा लगाएका थिए । 

null

प्रदर्शनमा प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म र्याली निकाली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 

ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *