दोस्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दै राप्रपा

  

 

जेठ ८, काठमाडौं । हिन्दू राष्ट्र पुनस्र्थापनाको अभियानमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको स्वाभिमान यात्रा सुरु गर्ने भएको छ । 

null

मंगलबार अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले दोस्रो चरणको स्वाभिमान यात्रा सुरु गर्ने निर्णय गरेको हो । 

दोस्रो चरणको स्वाभिमान यात्रा जेठ २४ देखि मुस्ताङको मुक्तिनाथबाट प्रारम्भ गरी गोरखामा समापन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

उनका अनुसार बैठकले हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गरी मलुकभरी संकलन गरिएको हस्ताक्षर पनि सरकारलाई बुझाउने निर्णय गरेको छ । गत फागुनमा देशभरबाट संकलन गरेको हस्ताक्षर असार ६ गते काठमाडौंमा सरकारलाई बुझाउने राप्रपाले जनाएको छ । 

त्यसैगरी पार्टीले जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समितिगठन गरेको छ भने संसद्मा प्रस्तुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका सांसदलाई सल्लाह, सुझाव दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति पनि गठन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *